काठमाण्डु - ‘हेभीवेट’ नेताहरूबीच कडा प्रतिस्पर्धा हुने क्षेत्रमा काठमाण्डु–५ पनि रहेको छ । काठमाण्डु उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये यो सबैभन्दा चासोको क्षेत्र पनि बनेको छ । उत्तर–दक्षिण फैलिएको यो निर्वाचन क्षेत्र प्राचीन टोखादेखि नारायणहिटी क्षेत्रसम्म फैलिएको छ, जहाँ शहरी ‘एलिट’ वर्गको बसोबास छ । सुरक्षा निकाय र निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू पनि यही क्षेत्रमा बसोबास…