काठमाण्डु – खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरूका घोषणापत्रमा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी एजेन्डालाई प्राथमिकताका साथ समावेश गर्न आग्रह गरेको छ । मंगलबार महासंघले पत्रकार सम्मेलनमार्फत खानेपानी तथा सरसफाइ नागरिकको स्वास्थ्य, मानवीय मर्यादा र दिगो विकाससँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र भएकाले यसलाई…