काठमाण्डु – गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बुधबारको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै मुलुकभरको सुरक्षा व्यवस्थाबारे निर्णय गरेको छ । बैठकमा ४ वटै सुरक्षा निकायबाट हालको सुरक्षा चुनौतीबारे जानकारी गराउँदै समग्र अवस्थाको विस्तृत समीक्षा तथा विश्लेषण गरिएको छ । समितिले फागुन २१ गते हुने निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न…