भारतको समर्थन नेपालको लोकतान्त्रिक गतिविधिमाथि नै छ : परराष्ट्रमन्त्री राणा

काठमाण्डु । परराष्ट्रमन्त्री आरजु राणा देउवा ११ दिने औपचारिक भारत भ्रमण सकेर स्वदेश फिर्ता भएकी छिन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो भारत भ्रमणबारे जानकारी गराउँदै भारतमा हुँदा हाल नेपालमा देखिएको विद्युत अभावको समाधानको लागि पनि कुटनीतिक प्रयास गरेको बताइन् । उनले भनिन्,‘भारतमा हुँदा मैले हाल नेपालमा देखिएको विद्युत अभावको समाधानको…