चन्द्रागिरिको वनमा भीषण आगलागी

काठमाण्डु- चन्द्रगिरि नगरपालिका–१ स्थित केउरानी सामुदायिक वनमा भीषण आगलागी भएको छ । शुक्रबार बिहानदेखि लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएका छन् । उनीहरू अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । स्थानीयको समेत सहयोगमा आगो नियन्त्रणमा…