चोरीको मोटरसाइकल नम्बर प्लेट फेरेर चलाउने युवक पक्राउ

काठमाण्डु– मोटरसाइकल चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ताप्‍लेजुङको मैवाखोला गाउँपालिका १ घर भई काठमाण्डुको मुलपानी बस्ने ३० वर्षीय प्रदिप वनेम लिम्बु रहेका छन्। उनलाई काठमाण्डुको गौशाला स्थित पशुपति मन्दिरको पार्किङस्थलबाट पक्राउ गरिएको हो । वास्तविक नम्बर बागमती प्रदेश ०२–०४९ प ८००३ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०४६ प…