काठमाण्डु – कीर्तिपुर नगरपालिकाले सातगाउँले (न्हेगाँ) जात्राका अवसरमा पर्सि मंगलबार सार्वजनिक बिदा दिएको छ । कीर्तिपुर नगरपालिका नगर कार्यपालिकाको आईतबारको बैठकले बिदाको निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए । सातगाउँले जात्रा कीर्तिपुरको इन्द्रायणी रथ यात्राबाट सुरु हुन्छ । यस क्रममा पाँगाको बालकुमारी र विष्णु देवीको रथ यात्रा गराइन्छ । चन्द्रागिरि नगरपालिका–१५ स्थित…