काठमाण्डु – थुनछेक बहसका लागि काठमाण्डु जिल्ला अदालतबाट पेश गरिएको बेला भागेका थुनुवा २१ वर्षीय निराजन ठकुरी भन्ने दशरथ शाहीलाई प्रहरीले गोंगबुबाट पक्राउ गरेको छ । चोरी मुद्दाका आरोपित शाही अदालतको शौचालयबाट फरार भएकोमा पक्राउ गरिएको काठमाण्डु प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–१ घर भई हाल गोंगबु बस्ने शाही गत…