नेपालले ओमानविरुद्ध पहिले फिल्डिङ गर्दै, आजको प्लेइङ-११ मा ललित परेनन्

काठमाण्डु– आईसीसी विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा नेपालले ओमानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टियु मैदानमा ओमानका कप्तान जतिन्दर सिंहले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो । लिगको २१ मध्ये ६ खेलमा जित निकालेको नेपाली टोली १४ अंकमा तालिकाको सातौँ स्थानमा छ…