कैलाली – जिल्लाको मोहन्याल गाउँपालिका–३ का वडाध्यक्ष नन्दाराम गिरीको ३५ वर्षको उमेरमा निधन भएको छ । विगत २ वर्षदेखि मुखको क्यान्सर रोगबाट ग्रसित वडाध्यक्ष गिरीको उपचारका क्रममा शुक्रबार दिउँसो दोदोधरा अस्पताल बौनियामा निधन भएको छ । उनी वडा नम्बर ३ को अध्यक्षमा विक्रम संवत् २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका…