काठमाण्डु-माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्र्दैछ । बैठक पार्टी मुख्यालय खुमलटारमा बस्नेछ । बैठकमा मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, पुस २ को केन्द्रीय समिति बैठक, अखिल क्रान्तिकारीको थाँती रहेको अधिवेशनगायतका विषयमा छलफल हुनेछ । बैठकले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र लुम्बिनी प्रदेशका पूर्वप्रदेश प्रमुख अमिक शेरचनलाई पार्टी उपाध्यक्ष बनाउने विषयमा पनि छलफल गर्नेछ ।…