प्रधानन्यायाधीश राउतद्वारा सैनिक विशेष अदालतको निरीक्षण

काठमाण्डु – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बिहीबार जंगीअड्डास्थित सैनिक विशेष अदालतको निरीक्षण गरेका छन् । सर्वोच्च अदालतबाट न्यायिक निकायहरूको नियमित निरीक्षणको सिलसिलामा प्रधानन्यायाधीश राउतको नेतृत्वमा सैनिक विशेष अदालतको निरीक्षण भ्रमण भएको छ । राउतले निरीक्षणको क्रममा अदालतबाट हुने गतिविधिको सम्बन्धमा जानकारी लिएका थिए । उनले सैनिक न्याय प्रणालीसँग सम्बन्धितहरूलाई विशेष निर्देशन समेत दिए । निरीक्षण…