काठमाण्डु – नेकपा एमालेको सचिवालय बैठकले साउन ५ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको र त्यसअघि साउन २ गते पोलिटब्युरो बैठक बस्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेको दोस्रो विधान महाधिवेशन भदौ २०–२२ गतेसम्म सनराइज हल गोदावरीमा गर्ने…