अनलाइनबाट ५५ करोडको सट्टेबाजी, एक जना पक्राउ

काठमाण्डु– अनलाइन सट्टेबाजी गराएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर घर भई ललितपुर बस्ने सुनील राई रहेका छन् । अनलाइन मार्फत विभिन्न खेलका निम्ति करोडौंको कारोबार गरेको आरोपमा उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ । उनीबाट ५५ करोडबराबरको कारोबार भएको अनुसन्धान कार्यालय स्रोतले जनाएको छ ।