सर्वोच्चले भन्यो- शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनु

काठमाण्डु– व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। मंगलबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो। गोल्छाको तर्फबाट उनकी पत्नी सीमा गोल्छाले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सूचना म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्द्यीसहित लिखित जवाफ पेश गर्नु…