काठमाण्डु– ७ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा परेका छन् । विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै ७ कम्पनीलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्नेहरूमा अनुप कन्स्ट्रक्सन, गोरिल निर्माण सेवा, कृपा इन्जिनियरिङ्ग, गंगोत्री देवी निर्माण सेवा, अंसुमन निर्माण सेवा, अच्युत कन्स्ट्रक्सन र नेपाल विद्युत प्राधिकरणको सिफारिसमा इटालीको ‘एम/एस ईएलसी…