नेपालमा किन पर्छ धेरै चट्याङ ? थाहा पाउनुस् चट्याङबाट बच्ने केही उपाय

काठमाण्डू, १४ वैशाख– जलवायुसँग सम्बन्धित प्राकृतिक विपत्तिका विविध रूपहरूमध्येको एक हो चट्याङ ।पूर्वमनसुनको समय चट्याङका कारण उल्लेख्य मानवीय क्षति हुने समय हो । पुर्वमनसुनको समयमा पर्ने चट्याङका कारण नेपालमा २०८२ वैशाखदेखि चैत ३० गतेसम्म कूल ४८ जनाको निधन भयो । त्यसैगरी ३ सय १२ जना घाइते र ७ सय ४३ वटा पशुचौपायमा क्षति भयो । चट्याङका कारण…