काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले सुकुमबासी हटाउने काम हतारमा गरेको भन्दै आलोचना गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले छानबिन नगरी वास्तविक सुकुम्बासीलाई समेत दु:ख पुग्ने गरी कदम चालिएको बताएका हुन् । उनले भने, ‘छानबिन गरेर वास्तविक सुकुमबासीलाई दु:ख नहुने गरी काम गरिनुपर्थ्यो तर सरकारले…