काठमाण्डु – अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीहरूको बृहत राष्ट्रिय भेलाले ‘थापागाउँ घोषणापत्र–२०८३’ जारी गरेको छ । नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघको आयोजनामा काठमाण्डुको थापागाउँमा १२ गते सम्पन्न भेलाले पेशागत सुरक्षा, स्थायित्व र सामाजिक सुरक्षासम्बन्धी मागहरूलाई मुख्य एजेन्डा बनाउँदै घोषणापत्र सार्वजनिक गरेको हो । भेलाले अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीहरूको दीर्घकालीन व्यवस्थापन, सम्मानजनक सेवा–सुविधा…