पोर्चुगलमा नेपाली दूतावास स्थापना, राजदूत पौडेल पुगेपछि सम्पूर्ण सेवा सुरु हुने

काठमाण्डु–  पोर्चुगलको राजधानी लिस्बनमा नेपाली राजदूतावास स्थापना भएको छ ।  दूतावासले लिस्बनस्थित अल्कान्तारामा अस्थायी कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्न सुरु गरेको जनाएको छ । नेपाली दूतावास लिस्बनले फ्रान्सस्थित नेपाली दूतावाससँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरेर राहदानीसहित आवश्यक कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको हो । शुक्रबारदेखि सुरु भएको घुम्ती सेवाबाट प्रहरी चारित्रिक प्रमाणपत्र…