स्ट्रबेरी खेतीबाट वार्षिक १४ लाख कमाउने खड्काले बचाउछन् ६ लाख रुपैयाँ

दाङ– किसान वीरेन्द्र खड्काले व्यावसायिक रूपमा स्ट्रबेरी (भुइँऐसेलु)को खेती गर्दै आएका छन् । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उनी विगत २ वर्षदेखि स्ट्रबेरीखेती गरिरहेका छन् । उमेरले २६ वर्ष पुगेका उनले यही व्यवसायबाट वार्षिक ६ लाख बचत गर्दै आएका छन् । रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोट स्थायी घर भएका खड्काले दाङको घोराही उपमहानगरपालिका–१४…