काठमाण्डु- च्याम्पियन्स ट्रफी क्रिकेटमा आज भारत र पाकिस्तानबीचको खेल हुँदैछ । समूह ‘ए’ मा रहेको भारत र पाकिस्तानबीचको खेल दुबईमा २.४५ बजे सुरु हुनेछ । भारतले आफ्नो पहिलो खेलमा बङ्गलादेशलाई हराएको थियो भने उद्घाटन खेलमा घरेलु टोली पाकिस्तान न्यूजिल्याण्डसँग पराजित भएको थियो । च्याम्पियन्स ट्रफीमा पाकिस्तान, भारत, बङ्गलादेश तथा न्यूजिल्याण्ड समूह ‘ए’ मा छन् ।…