काठमाण्डु - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेका कार्यकर्ताहरूसँग भेटघाट गर्न पार्टीसँग अनुमति लिइरहनु नपर्ने बताएकी छन्। मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भण्डारीले आफूले संगठित सदस्यता नलिँदैदेखि काम गरेको पार्टी भएकाले एमालेका कार्यक्रमहरूमा सहभागी हुन र नेता तथा कार्यकर्तासँग भेट गर्न अनुमति आवश्यक नभएको बताएकी हुन्। 'राष्ट्रपति हुनुभन्दा पहिले र संगठित सदस्यता लिनुभन्दा अघिदेखि नै पार्टीमा…