ओडिशाका मन्त्रीसँग परराष्ट्रमन्त्री राणाको टेलिफोन वार्ता, दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता

काठमाण्डु – भारतको ओडिशास्थित कीट विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी प्रकृति लम्सालको मृत्यु र नेपालीमाथि भएको दुर्व्यवहारबारे परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओडिशाका हायर एजुकेसन मन्त्री सूर्यवंशी सुरजसँग टेलिफोन वार्ता गरेकी छन् । सामाजिक सञ्जालमार्फत वार्ताबारे जानकारी दिँदै मन्त्री राणाले घटनाका दोषीमाथि कारवाही गर्न र नेपाली विद्यार्थीको सुरक्षा र पठनपाठनको वातावरण बनाउन ओडिशा सरकारले प्रतिबद्धता जनाएको बताएकी…