कांग्रेसका मुख्य सचिव पौडेलको राजीनामा स्वीकृत, दुलाललाई कार्यबाहकको जिम्मेवारी

काठमाण्डु – नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । पार्टी सभापति गगनकुमार थापाले पौडेलले गत माघ ८ गते पेश गरेको राजीनामा बुधबार स्वीकृत गरेका हुन् । विक्रम संवत् २०७३ वैशाख २७ गतेदेखि मुख्य सचिवको जिम्मेवारी सम्हाल्दै आएका पौडेलले झण्डै १० वर्षसम्म पार्टीको विधान, नियमावली र नीति अनुसार आफ्नो कर्तव्य…