पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका २ मजदुरको मृत्यु, ५ जना घाइते

काठमाण्डु– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा आज २ मजदुरको मृत्यु भएको छ । उक्त घटनामा परी ५ जना घाइते भएका छन् । रघुगङ्गा–५ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको अडिट माथिबाट खसेको पहिरोमा २ मजदुर पुरिएका हुन् । उक्त घटनामा घाइते भएका ५ जनालाई उपचारका…