पहिरोले पन्छाएसँगै महाकाली राजमार्ग सञ्चालनमा आयो

काठमाण्डु– पहिरोले अवरुद्ध भएको महाकाली राजमार्ग सञ्चालनमा आएको छ । आइतबार रातिको अविरल वर्षाका कारण गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–३ तेर्छालेक र शैल्यशिखर नगरपालिका–६ को रनेबासमा पहिरो खसेको थियो । पहिरो पन्छाएसँगै राजमार्ग बिहान ११ बजेपछि सञ्चालनमा आएको हो । राजमार्ग खुलेसँगै सवारी आवागमन सञ्चालनमा आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।