नेपालमा पहिलो साफ महिला क्लब च्याम्पियनसिप हुने

काठमाण्डु - पहिलो संस्करणको साफ महिला क्लब च्याम्पियनसिप फुटबल नेपालमा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)का महासचिव पुरुषोत्तम कट्टेलले प्रतियोगिताको स्वरूपबारे अन्तिम निर्णय हुन बाँकी रहे पनि प्रतियोगिता भने हुने निश्चित भएको बताए । साफको काठमाण्डुमा सम्पन्न कंग्रेसले दक्षिण एसियाली फुटबलको स्तर बढाउनका लागि विभिन्न ११ वटा नयाँ प्रतियोगिताहरू प्रस्ताव गरेको…