काठमाण्डु – नेकपा एमालेका सांसद सूर्य बहादुर थापाले निर्वाचन क्षेत्रको विकास प्रक्रियामा निर्वाचित सांसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले मानिसहरू सांसदलाई विकास प्रक्रियाबाट अलग गर्नुपर्ने नकारात्मक भाष्य निर्माण गर्न लागेको बताउँदै उनले भने, ‘निर्वाचन क्षेत्रको विकास प्रक्रियामा निर्वाचित सांसदको भूमिकालाई प्रभावकारी, अटुट र अन्योयाश्रित रूपमा जोड्नु अनिवार्य छ…