वीरगञ्ज – खानेपानीमन्त्री प्रदीप यादवले देशभरका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने बताएका छन् । शनिबार वीरगञ्ज महानगरपालिका–१६ मा नागवा खानेपानी ओभरहेड ट्यांकीको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाली जनतालाई शुद्ध र सुरक्षित खानेपानी वितरणका लागि पर्याप्त बजेट विनियोजन गरिने बताए । उनले भने, ‘नागरिकलाई शुद्ध सुरक्षित खानेपानी वितरण…