काठमाण्डु- अफगानिस्तानको उत्तरपश्चिमी सीमा हुँदै अवैध रूपमा पाकिस्तान प्रवेश गर्ने प्रयास गरिरहेका ५४ जना आतंकारी मारिएका छन् । शुक्रवारदेखि आइतवारसम्म खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षाबलले सीमा पार गर्न खोजिरहेको एउटा ठूलो समूहको गतिविधि पहिचान गरेको थियो । पाकिस्तानको सेनाले यो समूह विदेशी शक्तिहरूको निर्देशनमा पाकिस्तानभित्र उच्चस्तरीय आतंकारी गतिविधि सञ्चालन गर्ने उद्देश्यले प्रवेश गर्न खोजिरहेको दाबी गरेको…