काठमाण्डु-नेपाल विद्युत् प्राधिकरणले शनिवार दिउँसो काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्दैछ । प्राधिकरणले सूचना प्रकाशित गरी लाइन मर्मत र विस्तारका लागि काठमाडौंका केही स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले क्षेत्रपाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमति करिडोरमा भूमिगत केवल लाइन मार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टावरमा जडान गरी ओभरहेड लाइन जडान गर्न लाइन…