अभिनेत्री रेखा थापा ‘मीरा’बाट नाटकमा डेब्यु गर्दै

काठमाण्डु – अभिनेत्री रेखा थापाले नाटकमा देखिने भएकी छन् । कान्तिपुर फिल्म एकेडेमीले मञ्चन गर्न लागेको नाटक ‘मीरा’बाट उनले नाटकमा डेब्यु गर्न लागेकी हुन् । जेठ १५ गतेदेखि असार ७ गतेसम्म मञ्चन हुने नाटक दीपक सिंजालीद्वारा लिखित उपन्यास ‘मीरा’मा आधारित रहेको छ । नाटकमा एक महिलाको परिवार र समाजसँगको विद्रोहको कथा समावेश रहेको छ ।…