केही मानिसलाई मोटरगाडी, रेल, हवाईजहाज वा पानी जहाजमा यात्रा गर्ने सोचले मात्रै पनि चिन्तित बनाइदिने गर्छ । त्यस्तो यात्रामा रिँगटा र वाक्वाकी लाग्नुलाई ‘मोशन सिक्नेस’ भनिन्छ । शारीरिक रूपमा स्थिर तर गतिमान भएका बेला हाम्रो आँखाले देख्ने र शरीरले महसुस गर्ने कुरा फरक–फरक हुन्छन् । यसरी मस्तिष्कले एकापसमा अमिल्दा सङ्केतहरू प्राप्त गरेका बेला कसैकसैलाई रिंगटा…