काठमाण्डु– नेपाली कांग्रेसले विपद् पीडितका लागि संकलन गरिने राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । राहत कोषमा रकम सहयोग गर्नका लागि सांसदहरुले १५ दिन बराबरको तलब उपलब्ध गराउने निर्णय गरिएको छ । आज बिहान बसेको कार्यसम्पादन समितिको बैठकले पीडित राहत कोषमा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।…