गोरखामा हिमपात

काठमाण्डु-गोरखाको हिमाली भेगमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिका–१ साम्दोमा शुक्रबारदेखि हिमपात भएको हो । हिमपातले एक फिटसम्म हिउँ जमेको छ । हिमपातका कारण त्यस भेगमा चिसो पनि बढेको छ । मनास्लु क्षेत्रमा पर्ने साम्दो समुद्री सतहदेखि ३८७७ मिटर उचाइमा पर्छ । हिउँ पर्ने सिजन सुरु नहुँदै असोजमै हिउँ परेको यो वर्षको पहिलो हिमपात हो…