वीरगञ्जका मेयरविरुद्ध पक्राउ पुर्जी जारी, के हो कसुर ?

काठमाण्डु- वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहविरुद्ध जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको छ । मंगलबार अदालतले मेयर सिंहलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साको अनुसन्धानपछि मेयर सिंहसहित चार जनाविरुद्ध लिखत (कीर्ते) सम्बन्धी कसुरमा पक्राउ गर्न अनुमति मागेको थियो । अदालतले अनुसूची २२ अनुसारसिंहलाई पक्राउ गरी अनुसन्धान गर्न…