हिमपात भएसँगै हुम्लाकाे जनजीवन प्रभावित

सिमकोट- हुम्लामा हिमपात भएको छ। सोमबार दिउँसो मौसम सफा रहेपनि गएरातिदेखि हिमपात सुरु भएको हो। प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए। यहाँ दुई इञ्चसम्म हिउँ जमेको छभने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ। जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ। चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत…