काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी सचिवालयको सोमबार दिउँसो बसेको आकस्मिक बैठकले ३ वटा निर्णय गरेको छ । बैठकमा पार्टी सभापति रवि लामिछानेविरूद्ध विभिन्न अभियोग लगाई सरकारले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दाका विषयमा संक्षिप्त ब्रिफिङ गरिएको कार्यबाहक प्रवक्ता मनीष झाले बताए । सभापति लामिछानेविरुद्ध मुद्दा दर्ता गरिएको सम्बन्धमा अदालतको न्यायिक प्रक्रियालाई पूर्णरूपमा सघाएर…