देउतीभञ्ज्याङमा रहस्यमय अवस्थामा पुरुष मृत फेला

हेटौंडा – मकवानपुरको हेटौंडा–१६ हटियाका ३८ वर्षीय मिलन दंगाल बागमती गाउँपालिका–८ देउतीभञ्ज्याङमा रहस्यमय अवस्थामा मृत फेला परेका छन् । बुधबार बिहान हेटौंडा–सिन्धुली सडकखण्ड अन्तर्गत देउतीभञ्ज्याङस्थित सडक छेउको नालीमा उनको शव भेटिएको हो । स्थानीयका अनुसार मृतकको शरीरमा चोट लागेको देखिन्छ । शव फेला परेको स्थाननजिकै रगत लत्पतिएको अवस्थामा थियो । घटनाबारे खबर पाएपछि प्रहरी टोली…