काठमाण्डु-सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा ६५ वर्षको उमेरमा विवाह गरेका छन् । उनले कञ्चनपुरकी भावना विष्टसँग विवाह गरेका हुन् । कांग्रेस नेता थापा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । यसअघिसम्म विवाह नगरी बसेका उनी कञ्चनपुरको सिसैंयाकी भावना विष्टसँग लगनगाँठो कसेका हुन् । थापाको जन्म २०१६ चैत…