काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरू एकआपसमा मिलेर देश बनाउने र सुशासन ल्याएरै छाड्ने संकल्प गरेका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १, २ र ७ को प्रशासनिक भवन तथा कपन ह्याण्डबल बहुद्देश्यीय खेल मैदानको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकासको अभियानलाई अगाडि बढाउने र हरेक क्षेत्रमा विकासका कामलाई ध्यान दिने बताए ।…