काठमाण्डु- झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले एक हजार ६३६ किलो गाँजासहित दुई ट्रक नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनकुटाको शहिदभूमि नगरपालिका–४ का महेश राई र इलामको माइजोगमाई गाउँपालिका–२ का ३७ वर्षीय गङ्गा बहादुर बस्नेत रहेका छन् । इलामबाट झापातर्फ आउँदै गरेका को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरका…