लोकतन्त्रमा कुनै असर नपर्ने गरी संविधान संशोधन हुनुपर्छ : नेता गच्छदार

विराटनगर – नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री विजयकुमार गच्छदारले संघीय लोकतान्त्रिक गणतन्त्रको मुलभूत मान्यतामा कुनै असर नपर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँगको भेटघाटमा उनले राजनीतिक स्थायित्व आउने गरी निर्वाचन प्रणालीमा सुधार गर्न पनि संविधान संशोधन आवश्यक रहेको उल्लेख गरे । उनले राजनीतिमा आइरहने उतारचढावका कारण मुलुकको विकास र…