मेयरकै मिलेमतोमा राजीनामा दिइसकेका शिक्षकको नाममा तलब निकालेर खाएको खुलासा

सिरहा– जनता माध्यमिक विद्यालय (प्राविधिक) गोलबजारमा अर्को एउटा अनियमितताको प्रमाण फेला पारेको छ । राजीनामा दिई अवकाश लिएका शिक्षकको नामबाट १ लाख ५३ हजार रकम तलव वापत निकासा लिएर हिनामिना गरिएको रहस्य बाहिर आएको हो । प्राविधिक धारतर्फका निमावि स्तरका शिक्षक अन्तराम यादवले मिति २०८१ बैशाख २६ गते आफ्नो पदबाट राजीनामा दिएका थिए । उनले…