काठमाण्डु–हुम्लाको चंखेली गाउँपालिकामा जिप दुर्घटनाबाट गम्भीर घाइतेहरुको हेलिकप्टरबाट उद्धार गरिएको छ। घाइते भएका ७ जना मध्ये गम्भीर रहेका ४ जनालाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएकाे हो। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामा चंखेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, र…