काठमाण्डु - कर्णाली कोरिडोर (दक्षिण खण्ड) खुलालु सल्लीसल्ला सडकअन्तर्गत कालीकोटको खुलालुबाट लालीघाटसम्मको सडक पाँच दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटले सूचना निकालेर कोरिडोरको दक्षिण खण्ड खुलालुबाट लालीघाटसम्मको सडकमा आरसीसी गर्नुपर्ने भएकाले आउँदो जेठ २० गतेदेखि २४ गतेसम्म बन्द गर्न लागेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माका अनुसार सडक…