सशस्त्र प्रहरीका तीन एसपी एसएसपीमा बढुवा सिफारिस (सूचनासहित)

काठमाण्डु - सशस्त्र प्रहरी बलको रिक्त तीन सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा सिफारिस गरिएको छ । साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी निरीक्षक (एसपी) सञ्जय भट्टराई, कानुन उपसमूहतर्फ छविलाल पाण्डे र स्वास्थ्यतर्फ डा. रोस्सु थापा बढुवा सिफारिस भएका हुन् । बढुवा समितिको मंगलबार बसेको बैठकले रिक्त रहेको पदमा उनीहरूलाई बढुवा गर्न सिफारिस गरेको हो…