काठमाण्डु – नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा पार्टी महासचिव बन्न चाहन्थे नेता जनार्दन शर्मा । तर महाधिवेशनमा प्रतिस्पर्धात्मक निर्वाचन नहुँदा शर्मा महासचिव पदमा भिड्न पाएनन्, सर्वसम्मत अध्यक्ष निर्वाचित भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’को रोजाइँमा परे देव गुरुङ । ऊर्जामन्त्री हुँदा लोडसेडिङ अन्त्यका लागि नतिजामुखी भूमिका खेलेको श्रेय पाएर शर्मा जनस्तरसम्मै लोकप्रिय हुँदै गइरहेका थिए ।…