पाकिस्तानबारे कडा टिप्पणी गर्दै भारतले भन्यो-अन्तर्राष्ट्रिय सहायतामा मात्र बाँच्ने ‘असफल राष्ट्र’

काठमाण्डु- भारतले आफ्नो छिमेकी दे पाकिस्तानप्रति कडा टिप्पणी गरेको छ । भारतले पाकिस्तानलाई ‘असफल राष्ट्र’को संज्ञा दिएको छ भने अन्तर्राष्ट्रिय सहयोगमा मात्र बाँचिरहेको देश भनेर भन्दै कडा टिप्पणी गरेको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औं सत्रमा भारतीय कूटनीतिज्ञ क्षितिज त्यागीले भने भने, ‘पाकिस्तानका नेताहरूले आफ्नो सैन्य–आतंकवादी परिसरबाट झूट फैलाउन जारी राख्नु अचम्मको कुरा होइन…